Breaking News.... EverestOnlineKhabar
May 4, 2026

प्रदेश नम्बर ३ को प्रदेशसभाको पहिलो अधिवेशन माघ १८ गते

Loading

काठमाडौं । प्रदेश नम्बर ३ को प्रदेशसभाको पहिलो अधिवेशन यही माघ १८ गतेका लागि आह्वान भएको छ ।
प्रदेश नम्बर ३ की प्रमुख अनुराधा कोइरालाले बिहीबार सूचना जारी गर्दै प्रदेशसभाको पहिलो अधिवेशन आह्वान गरेकी हुन । नेपालको संविधानको धारा १८३ को उपधारा १ बमोजिम प्रवेशको अधिवेशन आह्वान भएको हो ।

प्रमुख प्रमुख कोइरालाले सबै प्रदेशसभा सदस्यलाई अनिवार्य रुपमा उपस्थित हुन अनुरोध गरेकी छन् । बैठक प्रदेशसभा स्थल तोकिएको मकवानपुरको हेटौंडास्थित मध्यमाञ्चल क्षेत्रीय निर्देशनालयको भवनमा बस्नेछ ।

प्रदेश सांसद्को अन्तिम नतिज प्रकाशित भएको २० दिनभित्रमा प्रदेशसभाको प्रथम अधिवेशन गर्नुपर्ने संवैधानिक व्यवस्था छ ।
यसअनुसार माघ २४ भित्रमा सबै प्रदेशले प्रदेशसभाको पहिलो अधिवेशन बस्ने गरी आह्वान भइसक्नुपर्ने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed