![]()
एजेन्सी । भारतीय फिल्मका नायक रणबीर सिंह र नायिका दीपिका पादुकोणको प्रेम सम्बन्धको चर्चाले फेरि एकपटक बलिउड तताएको छ । दीपिका–रणबीरको बोलचाल बन्द भएको खबरदेखि सुटुक्क बिहे गरेसम्मको प्रसंगले अहिले पनि बलिउडउ तातेको छ ।
केहि दिन अघि पनि त्यहाँका केही मिडियाले दीपिका र रणबीरले श्रीलंकामा सुटुक्क बिहे गरेको खबर छापेका थिए । मुम्बइमा आयोजित एक कार्यक्रममा दीपिकाले सबै खबर गलत भएको बताइन् । ‘विवाहको के कुरा हाम्रो इन्गेजमेन्ट भएको खबर पनि झुटो हो ।’ दीपिकाले भनिन् ।
चार वर्षदेखि उनीहरु रिलेशनमा छन् । वेला वेलामा एकसाथ जाने उनीहरु परिवारसँग पनि घुम्न निस्कन्छन् । उनीहरुको परिवारमा विवाह गर्न नहुने विषयमा कुनै विवाद छैन । कहिले होला त बिहे भन्ने प्रश्नमा दीपिकाले कुनै जवाफ भने दिइनन् ।


