Breaking News.... EverestOnlineKhabar
May 4, 2026

‘डिभिजन टु’ खेल्ने नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा

Loading

काठमाडौं । आगामी महिना नामिबियामा हुने विश्व क्रिकेट लिग डिभिजन टूका लागि पारस खड्काको कप्तानीमा १४ सदस्यीय नेपाली टोलीको घोषणा भएको छ । टोलीमा अनिल र रोहितले पनि स्थान बनाएका छन् ।

यू १९ का रोहित पहिलो पटक राष्ट्रिय टोलीमा परेका हुन् । हालै काठमाडौंमा सम्पन्न एभरेष्ट प्रिमियर लिगमा राम्रो प्रदर्शन गरेका उनी ‘मोस्ट भ्यालुएबल प्लेयर’ बनेका थिए ।

टिमका अन्य सदस्यमा ज्ञानेन्द्र मल्ल उपकप्तान, शक्ति गौचन, बसन्त रेग्मी, शरद भेषावकर, सोमपाल कामी र आरिफ शेख छन् । यस्तै सन्दिप लामिछाने, दिपेन्द्र सिंह ऐरी र दीलिपनाथ र ललित भण्डारी पनि टोलीमा अटाएका छन् ।

सुनिल धमला, ललित नारायण राजवंशी, सिद्धान्त लोहनी र किशोर महतो वैकल्पिक खेलाडीमा परेका छन् ।

डिभिजन टू अन्तर्गत नेपालले आफ्नो पहिलो खेल फेब्रुअरी ८ मा घरेलु टोलीविरुद्ध खेल्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed