Breaking News.... EverestOnlineKhabar
May 4, 2026

एक इन्च पनि नेपाली भूमी मिचिन नदिने प्रधानमन्त्रीको प्रतिबद्धता

Loading

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले एक इन्च पनि नेपाली भूमी मिचिन नदिने प्रतिबद्धता जनाउनु भएको छ । एमाले र माओवादी केन्द्र निकट विद्यार्थी संगठनले बीरगंजको छपकैयामा भारतले ५० विगाहा भन्दा बढि नेपाली भूमि मिचेको दावीसहितको स्थलगत रिर्पोट बुझाएपछि प्रधानमन्त्रीले यस्तो प्रतिक्रिया दिनुभएको हो ।

प्रधानमन्त्री देउवाले वीरगंजको छपकैयामा नेपाली भूमि मिचिएको भन्ने विषयमा सरकारले अझै गम्भीर अध्ययन गर्ने आश्वासन दिनुभयो । त्यसक्रममा एमाले निकट अनेरास्ववियू र माओवादी केन्द्र निकट अनेरास्ववियू क्रान्तिकारीका नेताहरुले जग्गाको भोगचलन गर्दै आएका स्थानीयबासीहरुको भनाई अनुसार पनि भारतले वीरगंजको छपकैयामा नेपाली भूमि मिचेको पुष्टि भएको दावी गरेका थिए ।

स्थानीय जनता, स्थानीय प्रशासन र विज्ञहरुसमेतको भनाईबाट पनि भारतले नेपालको भूमि मिचेको पुष्टि भएको विषयमा सरकारको गम्भीर ध्यानाकर्षण गराइएको अनेरास्ववियू क्रान्तिकारीका अध्यक्ष रञ्जित तामाङले जानकारी दिए ।

स्थानीय जनता र विज्ञहरुले समेत नेपाली भूमि भारतीय पक्षबाट मिचिएको पुष्टि गरेको अनेरास्ववियूकी अध्यक्ष नविना लामाले बताइन ।
वीरगंजको पछकैयामा भारतीय पक्षले नेपाली भूमि मिचेको समाचार आएलगत्तै अनेरास्ववियू र अनेरास्ववियू क्रान्तिकारीका नेताहरुको टोली स्थलगत अनुगमनका लागि माघ ६ गते त्यहाँ पुगेको थियो ।

प्रधानमन्त्रीलाई बुझाइएको प्रतिवेदनमा भारतीय पक्षले मिचेको सीमा फिर्ताको पहल गर्न माग गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed