![]()
बिबिसि । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प “एकदमै स्वस्थ“ रहेको ह्वाइट हाउसस्थित उनका चिकित्सकले बताएका छन् ।
राष्ट्रपति भएपछि ७१ वर्षीय ट्रम्पले पहिलो पटक आफ्नो स्वास्थ्य परीक्षण गराएका हुन् ।
तीन घण्टा लगाएर सेनाका डाक्टरहरूले गरेको ट्रम्पको स्वास्थ्य परीक्षण “निकै राम्रो ढङ्गले“ सम्पन्न भएको ह्वाइट हाउसका चिकित्सक रोनी ज्याक्सनले बताएका छन् ।
अर्को चरणको परीक्षण ट्रम्पको शारीरिक स्वास्थ्यमै केन्द्रित हुने ह्वाइट हाउसले स्पष्ट पारेको छ । ट्रम्पको मानसिक स्वास्थ्य परीक्षणको चाहिँ कुनै योजना नरहेको बताइएको छ । तर माइकल वूल्फको एउटा विवादास्पद पुस्तकपछि ट्रम्पको मानसिक स्वास्थ्यसम्बन्धी अड्कलबाजीले बढावा पाएको छ ।
वूल्फको ‘फायर एण्ड फ्युरीः इन्साइड द ट्रम्प ह्वाइट हाउस’मा दावी गरिएको छ– ह्वाइट हाउसभित्रका ट्रम्पका सबै सहयोगीले उनलाई ’बच्चाको रूपमा’ हेर्ने गरेका छन् जसलाई ’तत्काल रिझाउनुपर्ने’ हुन्छ ।
ट्रम्पले वूल्फको किताब “झुटले भरिएको“ प्रतिक्रिया दिएका थिए ।


