Breaking News.... EverestOnlineKhabar
May 2, 2026

भारतमा ४० जना सवार डुंगा डुब्यो, हेलिकोप्टर समेत समुद्रमा खस्यो

Loading

नयाँदिल्ली,पुस ।
भारतको मुम्बईनजिकको तटीय क्षेत्रमा ४० जना स्कुले विद्यार्थी चढेको डुंगा डुबेको छ । उक्त डुंगा दूर्घटनामा ३२ जनाको सकुशल उद्धार गरिएको छ भने चारजनाको शव फेला परेको अधिकारीहरुले जनाएका छन् ।
डुंगामा क्षमताभन्दा बढी यात्री रहेको र विद्यार्थीले लाइफ ज्याकेट पनि नलगाएको भारतीय सन्चारमाध्यमहरुले जनाएका छन् । अझै चारजना हराइरहेकोले उद्धारकार्य खोजी जारी रहेको स्थानीय सामुद्रिक सुरक्षा गार्डका जनसम्पर्क अधिकृतले बताएका छन् ।
भारतमा क्षमताभन्दा बढी यात्रु बोक्ने र सुरक्षा मापदण्ड पूरा नगर्दा डुंगा दुर्घटना हुने क्रम बढ्दो छ । त्यस्तै, मुम्बईको समुद्रमा हेलिकप्टर दुर्घटना हुँदा कम्तिमा तीनजनाको मृत्यु भएको छ । अरु यात्रुको खोजीकार्य जारी रहेको अधिकारीहरुले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed