Breaking News.... EverestOnlineKhabar
May 3, 2026

अमेरिकाको हवाई प्रान्तमा मोबाइल क्षेप्यास्त्र हमलाको सूचना आएपछि…..

Loading

एजेन्सी,पुस ।
अमेरिकाको हवाई प्रान्तमा क्षेप्यास्त्र आक्रमणसम्बन्धी गलत सन्देश प्रवाह हुँदा स्थानीयमा त्रास फैलिएको छ । हवाई प्रान्तका मोबाइलमा क्षेप्यास्त्र आक्रमणसम्बन्धी गलत सूचना एकाएक प्रवाह भएपछि स्थानीय त्रसित भएका हुन् ।
सो सन्देशमा मिसाइल आक्रमण हुन लागेकाले घरबाट बाहिर ननिस्कन र बाहिर भए तत्काल सुरक्षित स्थानमा जान आग्रह गरिएको थियो । मोबाइल फोनमा एकाएक सन्देश प्रवाह भएपछि स्थानीयहरु आफ्ना बालबालिकालाई च्यापेर घरभित्रै लुकेका थिए । तर त्यसको केही समयमा नै त्यो सन्देश गलत भएको पुष्टि भयो ।
प्रान्तीय सरकारले आफ्ना कर्मचारीले गलत बटन थिच्दा मोबाइलमा गलत सन्देश गएको भन्दै माफी मागेको छ । घटनाबारे अमेरिकी सरकारले अनुसन्धान शुरु गर्ने जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed