Breaking News.... EverestOnlineKhabar
April 30, 2026

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले फेरी भनेः‘वाम गठबन्धनका लागि आगामी दिन सहज छैन’

Loading

काठमाडौ,पुस ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले राजनीतिक स्थायित्वसहितको आर्थिक विकासका लागि वाम गठबन्धनले असाध्यै ठूलो मिहिनेत गर्नुपर्ने बताएका छन् । अध्यक्ष दाहालले भनेः‘वाम गठबन्धनका लागि आगामी दिन सहज छैन । धेरै चुनौती छन् । त्यसको उचित निरुपण गर्दै जनतालाई राजनीतिक स्थायित्व र आर्थिक समृद्धिको दिशामा लैजानु जरुरी छ ।’
राजनीतिक स्थायित्व, आर्थिक समृद्धि र सुशासनको एजेन्डालाई नेपाली जनताले संस्थागत गरेको र करिब दुई तिहाइ जनमत वाम गठबन्धनको पक्षमा प्राप्त भएको भन्दै अहिले प्राप्त भएको उपलब्धि ठूलो मिहिनेतको परिणाम भएको बताए । देशभक्त गणतान्त्रिक मञ्चले शनिबार राजधानीमा आयोजना गरेको स्रष्टा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपाली जनताको अपेक्षालाई सम्बोधन गरेर मुलुकलाई समृद्ध बनाउनु र नेपाली जनतालाई समृद्धिको मार्गमा लैजानु नै आजको प्रमुख कार्यभार भएको स्पस्ट पारे ।
शक्तिशाली कम्युनिष्ट केन्द्र बनाउने लक्ष्यका साथ नेकपा एमाले र माओवादी केन्द्रको बीचमा पार्टी एकता गर्न लागिएको उल्लेख गर्दै उनले लामो समयदेखिको नेपाली जनताको अपेक्षालाई सम्बोधन गर्न पनि राजनीतिक स्थायित्व जरुरी रहेको बताए ।
संविधान कार्यान्वयन गर्ने र तीनओटै तहको निर्वाचन सम्पन्न गर्ने मुलुकको प्रमुख दायित्वलाई आफूहरुले सहजरुपमा सम्बोधन गरिसकेको भन्दै अध्यक्ष दाहालले समृद्ध नेपाल बनाउने युगको सुरुआत भएको धारणा राखे । सुशासन, समृद्धि र स्थायित्व नै मुलुकको प्रमुख कार्यभार भएकाले त्यसलाई सम्बोधन गरेर जाने र नेपाललाई सक्षम र सबल मुलुककारुपमा स्थापित गर्ने दायित्वलाई वाम गठबन्धनले उचित सम्बोधन गर्ने उनको कथन थियो ।
कार्यक्रममा राजनीतिकशास्त्रका प्राध्यापक डा. सुरेन्द्र केसीले राजनीतिक परिवर्तनलाई संस्थागत गर्न सबैको सकारात्मक योगदानको जरुरी रहेको बताए । उनले जनअपेक्षालाई सम्बोधन गर्न राजनीतिक नेतृत्व इमान्दार भएर प्रयत्न गर्नुपर्नेमा जोड दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed