Breaking News.... EverestOnlineKhabar
May 2, 2026

भव्यताकासाथ मनाइयो पृथ्वी जयन्ती, राष्ट्रपति, प्रधानमन्त्रीसहित दलका नेताहरुद्वारा पृथ्वीनारायणको शालिकमा माल्यार्पण

Loading

काठमाडौं । २०६२\०६३ सालपछि पहिलोपटक भव्यतापूर्वक पृथ्वी जयन्ती अर्थात राष्ट्रिय एकता दिवस मनाइएको छ । गणतन्त्र स्थापनापछि सरकारले पहिलो पटक एकता दिवस मनाउने निर्णय गरेपछि देशभर धुमधामसंग पृथ्वीनारायण शाहको सम्झना कार्यक्रम गरिएका छन ।

राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गरेका छन् ।
२९६औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा सिंहदरबारको पश्चिम गेटअगाडि रहेको शाहको शालिकमा पुगेर राष्ट्रपति भण्डारी र प्रधानमन्त्री देउवाले माल्यार्पण गरेका हुन् ।

यसैगरी उपप्रधानमन्त्री कमल थापा, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जितेन्द्रनारायण देव, महिला, बालबालिका तथा समाजकल्याणमन्त्री विक्रमबहादुर थापा, आपूर्तिमन्त्री जयन्त चन्द, प्रधानसेनापति राजेन्द्र क्षत्री, विभिन्न प्रतिष्ठानका कुलपति, उपकुलपति, सदस्यसचिव, काँग्रेस नेता डा रामशरण महतलगायत नेपाल प्रहरी, सशस्त्र प्रहरीका प्रमुख तथा उच्च पदस्थ कर्मचारीहरु र राजवादीले पनि शाहको शालिकमा माल्यार्पण गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed