![]()
मुम्वई,पुस ।
सञ्जय लीला भन्सालीको बहुप्रतिक्षीत फिल्म पद्मावतीको नाम परिवर्तन गरेर पद्मावत राखिएको छ । फिल्मको नामका साथ साथै रिलीज डेट पनि परिवर्तन गरेर २५ जनवरीका लागि तय गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
यसैबीच सेन्सर बोर्डको निर्देशन बमोजिम फिल्ममा तीन सय कट लगाइएको खबरले चर्चा पाएको छ । विवादबाट जोगिन फिल्मलाई काल्पनिक कथानुसार देखाउन निर्माण पक्ष प्रयासरत छ ।
फिल्ममा रानी कहाँकी हुन्र र अलाउद्दीन खिलजी कहाँका मुगल शासक थिए भन्ने बारेमा पनि केही जानकारी नदिइने बताइएको छ । फिल्मबाट दिल्ली, मेवाड र चित्तौडगढसँग जोडिएका तथ्यहरु र नामहरु काटिने भएका छन् ।
रणवीर सिंह, दीपिका पादुकोण र शाहिद कपूर स्टारर फिल्म ‘पद्मावत’ जानवरी २५ मा रिलीज हुन गइरहेको छ । तीन सय ‘कट’ लगाइएको पद्मावत सिनेमाघरहरुमा कस्तो जादु देखाउँछ त्यो भने रिलिजपछि मात्रै थाहा हुनेछ ।


