![]()
काठमाडौं । राष्ट्रिय सभा निर्वाचनको मिति पुस २७ गते घोषणा गरिने भएको छ । सरकारले माघ २४ गतेका लागि निर्वाचन मिति तोकेपछि निर्वाचन आयोग त्यस सम्बन्धी गृहकार्यमा लागेको छ ।
आयोगले राष्ट्रिय सभा निर्वाचनका लागि पुष २५ सम्मका लागि दल दर्ताको समय दिएको थियो । आयोगले कार्यतालिका प्रकाशितपछि सातै प्रदेशमा मतदाता नामावली संकलन, निर्वाचन कार्यलय स्थापना, र मुख्य निर्वाचन अधिकृत तोक्ने तयारी पनि गरेको छ ।
दलहरुसँग आधिकारिक हस्ताक्षर, मतदाता शिक्षा कार्यक्रम उम्मेदवारी दर्ता लगायतका कामलाई चरणबद्ध गर्ने योजना पनि आयोगले बनाएको छ ।


