Breaking News.... EverestOnlineKhabar
April 30, 2026

पूर्वप्रधानमन्त्री खनालले पृथ्वीनारायण शाहको प्रशंसा गर्दै भने–‘लोकतन्त्र संस्थागत गर्न चुनौती कायमै’

Loading

काठमाडौं ।  पूर्व प्रधानमन्त्री एवम नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले मुलुकमा लोकतन्त्र स्थापित भएपनि यसलाई संस्थागत गर्न चुनौती कायमै रहेको बताउनु भएको छ । २९६औं पृथ्वी जयन्तीका अवसरमा नेपाल प्रज्ञा प्रतिष्ठानले काठमाडौंमा गरेको बिशेष समारोहमा बोल्दै नेता खनालले अहिले पनि लोकतन्त्रलाई संस्थागत गर्न चूनौतीरहेको बताउनु भएको हो ।

नेता खनालले मुलुकमा अहिले लोकतन्त्र स्थापित भएपनि समानुकुल परिमार्जन गर्दे लैजानुपर्ने धारणा राख्नुभयो । उहाँले भन्नुभयो, ‘ सबैपक्ष एकभई मुलुकमा समृद्ध र बलियो लोकतन्त्रका लागी अघि बढ्नुपर्छ, अबको मार्ग आर्थिक समृद्धि भएकाले मुलुकको बिकासका लागी कोहीपनि बाधक बन्न हुँदैन ।’

समारोहमा नेता खनालले बिगतमा किराती राजा, लिच्छिवी र मल्लकालमा मुलुक बिस्तारका प्रयास भएपनि ती टिक्न नसकेको बताउँदै सानो राज्यको राजा भएपनि पृथ्वीनारायण शाह सफल भएको बताउनु भएको थियो । शाहको पालामा समाजमा साझा संस्कृति, साझा भाषा, साझा भूगोल, साझा भावनाको विकास भैसकेकाले एकीकरण अभियान पनि राष्ट्रिय अभियानकारुपमा सफलतातर्फ गएको बिश्लेषण उहाँको थियो ।

नेता खनालले नेपाललाई दुई ठूला छिमेकी मुलुकको ट्रान्जीटका रुपमा बिकसित गर्दे लैजानुपर्ने धारणा समेत राख्नुभएको थियो ।
कार्यक्रममा सहभागीहरुले पृथ्वीनारायण शाहको तस्वीरमा माल्यार्पण गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed