Breaking News.... EverestOnlineKhabar
May 2, 2026

डा. केसी पुनः अनसनमा, प्रधानन्यायाधीश पराजुलीलाई राजीनामा गराई कारवाही गर्न माग

Loading

काठमाडौं ।  चिकित्सा क्षेत्रमा सुधारको माग गर्दै पटक–पटक आमरण अनसन बस्नु भएका डा. गोविन्द केसी पुनः अनसन बस्नु भएको छ । यसपटक भने उहाँको मुल बिषय चिकित्सा क्षेत्र नभइ प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीको राजीनामा रहेको छ ।

न्यायालयमा भ्रष्टाचार संस्थागत गर्ने तथा न्यायलाई बिक्रीको विषय बनाएको भन्दै डा. केसी प्रधानन्यायाधीश पराजुलीको राजीनामा माग गर्दै अनशन बस्नु भएको हो ।

त्रिवि शिक्षण अस्पतालमा पत्रकार सम्मेलन गर्दै डा.केसीले भ्रष्ट प्रधानन्यायाधीश पराजुलीलाई राजीनामा गराउनुपर्ने, पराजुलीमाथि छानबिन गर्नुपर्ने, आइओएमको डीनमा वरिष्ठताका आधारमा नियुक्त भएका व्यक्तिलाई कामय गरिनुपर्ने लगायतका माग राख्नु भएको छ ।

सर्वोच्च अदालतले शशी शर्मालाई डिनमा पुनर्वहाली गर्न आदेश दिएको भोलिपल्टै डा. केसीले यस्तो घोषणा गर्नुभएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed