Breaking News.... EverestOnlineKhabar
May 2, 2026

नेइमार, एमबाप्पे र डि मारियाले गरे आधा दर्जन गोल…..

Loading

एजेन्सी,पुस ।
फ्रेन्च कप फुटबल अन्तर्गत आइतबार राति भएको खेलमा फ्रेन्च लिग वान लिडर पेरिस सेन्ट–जर्मेन (पिएसजी) विजयी भएको छ । एडिसन काभानी बिना खेलेको पिएसजीले रेनलाई ६–१ ले हराएको हो ।
पिएसजीको जितमा विश्वका महंगा खेलाडी नेइमार, केलियन एमबाप्पे र एन्जल डि मारियाले दुई दुई गोल गरे । नवौँ मिनेटमा एमबाप्पेले गोल गर्दै पिएसजीलाई सुरुवाति अग्रता दिलाए । १७ औँ मिनेटमा नेइमारले अग्रता दोब्बर पारे । २४ औँ मिनेटमा डि मारियाले गोल गरेपछि पिएसजीको अग्रता ३–० मा पुर्‍याए ।
४३ औँ मिनेटमा नेइमारले व्यक्तिगत दोस्रो गोल गरेपछि पिएसजीले पहिलो हाफमा ४–० को अग्रता लियो । पहिलो हाफमा ४–० ले पछि परेको रेनका लागि ६६ औँ मिनेटमा पाएको पेनाल्टीमा बेन्जामिन बोरिगेउडले गोल गरे । ७४ औँ मिनेटमा डि मारिया तथा ७६ औँ मिनेटमा एमबाप्पेले व्यक्तिगत दोस्रो गोल गरेपछि पिएसजी ६–१ ले विजयी भयो र फ्रेन्च कपको अन्तिम १६ मा स्थान बनायो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed