Breaking News.... EverestOnlineKhabar
May 2, 2026

प्रमुख निर्वाचन आयुक्त डा.यादवले खोजे सम्मानजनक व्यवस्थापन

Loading

काठमाडौ,पुस ।
प्रतिनिधिसभा समानुपातिकतर्फको मतपरिणाम सार्वजनिक गर्न ढिलाइ गरेको निर्वाचन आयोगका प्रमुख आयुक्त अयोधीप्रसाद यादवले सम्मानजनक व्यवस्थापन खोजेका छन् । संविधानतः दोहो¥याएर अन्य संवैधानिक निकायमा जान नमिल्ने भएकाले यादवले सम्मानजनक व्यवस्थापनको खोजी गरेको खुल्न आएको हो ।
२०७५ चैत १० सम्म कार्यकाल भएका डा. यादवले निर्वाचन सम्पन्न गराएको भन्दै सम्मानजनक व्यवस्थापन खोज्दा मतपरिणाम सार्वजनिक गर्न ढिलो भएको स्रोतले बताएको छ ।माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल निकट स्रोतका अनुसार डा. यादवले सम्मानजनक व्यवस्थापनसम्मको जिम्मेवारी दिएर निर्वाचन सम्पन्न गराएको योगदानको सम्मानसमेत गर्नुपर्ने इच्छा देखाएका छन् ।
धेरैजसोले सम्मानजनक व्यवस्थापनको अर्थ राष्ट्रपति र उपराष्ट्रपतिजस्ता पदको चाहनाका रुपमा अथ्र्याएका छन् ।
डा. यादवले पटकपटक गरिएका पत्रकार सम्मेलनमार्फत पनि निर्वाचन सम्पन्न भएको ७ दिनभित्रै परिणाम सार्वजनिक गरिसक्ने प्रतिबद्धता जनाइरहेका थिए । आयोगले तत्काल परिणाम सार्वजनिक हुने उल्लेख गरिएका विज्ञप्ति सञ्चारकर्मीलाई पठाएको थियो । तर, निर्वाचन परिणाम सार्वजनिक गर्ने क्रममा राष्ट्रियसभाको सर्त अगाडि आएपछि डा. यादव शंकाको घेरामा छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed