Breaking News.... EverestOnlineKhabar
May 2, 2026

प्रदेश नम्बर १ को मुख्यमन्त्रीमा शेरधन राई लगभग पक्का

Loading

काठमाडौं । नेकपा एमालेका नेता एवम पूर्व संचार मन्त्री शेरधन राई प्रदेश नम्बर १ को मुख्यमन्त्री हुने लगभग निश्चित भएको छ । राईको पक्षमा एमाले अध्यक्ष केपी ओलीसहित वरिष्ठ नेता झलनाथ खनाल, माधव नेपाल र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल पनि देखिएपछि उनको सम्भावना बलियो भएको हो ।

राष्ट्रिय राजनीतिमै निकै लोकप्रिय रहनु भएका नेता राई मुख्यमन्त्री बन्ने उद्देश्यकासाथ नै प्रदेशको निर्वाचनमा लडनु भएको हो । पार्टीले गरेको बिश्वास बमाजित उहाँले उल्लेख्य मतसहित बिजय पनि हासिल गर्नुभएको हो ।

संचार मन्त्रीमा साढे नौ महिना रहँदा उदाहरणीय काम गरेर उनी सफल मन्त्रीका रूपमा चिनिएका थिए । प्रदेश नम्बर १ को मुख्यमन्त्री भएपछि त्यस क्षेत्रको चौतर्फी बिकास गर्न उनले आन्तरिक रुपमा योजना समेत बनाइसकेका छन । उहाँ भन्नुहुन्छ, ‘प्रदेश नम्बर १ हिमालैहिमालको प्रदेश हो । यहाँ सगरमाथा, कञ्चनजंघा, मकालुलगायतका हिमशृंखला छन् । हलेसी, पाथिभरा, वराहक्षेत्रलगायत धार्मिकस्थलमात्रै होइन, १ नम्बर प्रदेश सुनकोसी, दूधकोसी, सप्तकोसीको प्रदेश भनेर पनि चिनिन्छ । सबैभन्दा धेरै छिमेकी मुलुकसँग सम्बन्ध, सम्पर्क राख्न सक्ने प्रदेश पनि १ नम्बर नै हो । उल्लिखित चीजलाई आधार बनाएर प्रदेश नम्बर १ लाई सजाउँदा, बनाउँदा र व्यवस्थापन गर्दा सातमध्ये सबैभन्दा सुन्दर, नमुना र उन्नत प्रदेश बन्न सक्छ ।’

नेता राई मुख्यमन्त्रीका रुपमा चुनिए प्रदेश नम्बर १ मात्र नभइ समग्र मुलुककै विकासमा योगदान पुग्ने त्यस क्षेत्रका बासिन्दाहरु समेत बताउँछन । अविवाहित नेता राईले मुख्यमन्त्रीको सपथ लिएपछि घरजम गर्ने योजना बनाउनु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed