![]()
काठमाडौं । काठमाडौं महानगरपालिकालाई पूर्ण खोप सुनिश्चितता महानगरको रुपमा घोषणा गरिएको छ । काठमाडौं महानगरपालिकाले एक कार्यक्रम गरी पूर्ण खोप सुनिश्चितता महानगरको रुपमा घोषणा गरिएको हो ।
उपराष्ट्रपति नन्दबहादुर पुनको उपस्थितिमा काठमाडौं जिल्ला समन्वय समितिका अध्यक्ष शिवसुुन्दर राजबैद्यले काठमाडौं महानगरपालिकालाई पूर्ण खोप सुनिश्चिता महानगरको रुपमा घोषणा गरेका हुन् । त्यस अवसरमा उपराष्ट्रपति पुनले स्वास्थ्य सेवामा सहज पहुँच पु¥याउन सरकारको गम्भीर ध्यानाकर्षण गराए ।
उनले भूकम्पपछि कुरुप बनेको काठमाडौंको पुनर्निर्माणको कामलाई तीव्रता दिन पनि काठमाडौं महानगरपालिका र सरकारको गम्भीर ध्यानाकर्षण गराए । उपराष्ट्रपति पुनले स्वास्थ्य सेवालाई सहज र सुलभ बनाउने दायित्व पूरा गर्न पनि सरकारसँग आग्रह गरे ।
कार्यक्रममा बोल्दै स्वास्थ्य मन्त्री दिपक बोहराले हरेक बालबालिकाले पूर्ण खोप पाउन भन्नेमा सरकार सचेत रहेको बताए ।


