![]()
बिबिसि । मानव अधिकार उल्लङ्घन अथवा भ्रष्टाचार गरेको आरोपमा अमेरिकाले भेनेजुएलाका चारजना बहालवाला वा अवकाश प्राप्त जेनरलमाथि प्रतिबन्ध लगाएको छ ।
अमेरिकी अर्थ मन्त्रालयले प्रतिबन्ध लगाएकाहरूमा खाद्यपदार्थ वितरण सञ्जालका पूर्वप्रमुख पनि छन् । उनीमाथि खाद्यपदार्थ तस्करीको आरोप लगाइएको छ । चारैजनाको सम्पत्ति रोक्का गरिएको छ र उनीहरूसँग काम गर्न अमेरिकी उद्योग(व्यवसायलाई प्रतिबन्ध लगाइएको छ ।
हालसम्म राष्ट्रपति निकोलास मडुरोसहित ४४ जनामाथि अमेरिकाले प्रतिबन्ध लगाएको छ । भेनेजुएलाका विदेशमन्त्री खोर्खे अर्यासाले साम्राज्यवादी र युद्ध चिताउने अमेरिकी सरकारका फौजहरूसामु आफ्नो देश कहिल्यै नझुक्ने बताएका छन् । उनले भने, “हाम्रो सेना विदेशी शक्तिसामु अझ साम्राज्यवादी र युद्ध चिताउने डोनल्ड ट्रम्पको सर्वोच्चतावादी सरकारको फौजसामु कहिल्यै झुक्ने छैन। हामी सम्मान चाहन्छौँ।“
अमेरिकी अर्थमन्त्री स्टिभन मनूसीनले प्रतिबन्ध उचित भएको भन्दै ’राष्ट्रपति मडुरोले र उनका निकटवर्तीहरूले आफ्ना स्वार्थलाई भेनेजुएलाका जनताका स्वार्थभन्दा माथि राखेका छन ’।
अमेरिकी अर्थ मन्त्रालयले आरागुआ राज्यका गभर्नर तथा सेनाका अवकाश प्राप्त जेनरलमाथि खाद्यपदार्थको तस्करीमा संलग्न रहेको आरोप लगाएको छ । दुई वर्षअघि खाद्यपदार्थको अभावले दङ्गा निम्त्याएपछि राष्ट्रपति मडुरोले वितरणको जिम्मेवारी सेनालाई दिएका थिए ।
अमेरिकी सञ्चारमाध्यमका अनुसार खाद्यपदार्थको ठेक्का पाउन र बन्दरगाहरूबाट ओसार्ने कामका लागि सेनाले जेनरलहरूलाई घुस खुवाएको थियो । विपक्षी नेतृत्वको कंग्रेसले जेनरलमाथि औँला तेर्स्यायो र सार्वजनिक रूपमा उनको आलोचना र्गयो ।


