Breaking News.... EverestOnlineKhabar
May 1, 2026

रोनाल्डो बिनै मैदान ओर्लिएको रियल मड्रिडको सहज जित

Loading

एजेन्सी,पुस ।
स्पेनिस कोपा डेल रे फुटबल अन्तर्गत बिहीबार राति भएको अन्तिम १६ को पहिलो लेगमा रियल मड्रिड विजयी भएको छ । अवे मैदानमा भएको खेलमा रियल मड्रिडले नुम्यानसियालाई ३–० ले हराएको हो । रियल मड्रिडको जितमा ग्यारेथ बेल, इस्को र बोर्जा मायोरलले एक–एक गोल गरे ।
३५ औँ मिनेटमा पाएको पेनाल्टीको अवसरमा गोल गर्दै बेलले रियल मड्रिडलाई सुरुवाति अग्रता दिलाए । तीन महिनादेखि चोटका कारण मैदान बाहिर रहेका बेल मैदान फर्किएको खेलमा गोल गरेका हुन् । ६० औँ मिनेटमा पेपे माली डियामान्का दोहोरो पहेँलो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि नुमान्सिया १० खेलाडीमा सीमित भयो ।

८९ औँ मिनेटमा पाएको पेनाल्टीमा इस्कोले गोल गर्दै रियलको अग्रता दोब्बर पारे । यस्तै इन्जुरी समयको पहिलो मिनेटमा मायोरलले गोल गरेपछि रियल ३–० ले विजयी भयो । यो खेलमा रियल स्टार स्ट्राइकर क्रिष्टियानो रोनाल्डो र करिब बेन्जिमा बिना खेलेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed