Breaking News.... EverestOnlineKhabar
May 1, 2026

खप्तड गोल्डकप फुटबल प्रतियोगिता आजदेखि शुरु…..

Loading

धनगढी,पुस ।
निजी क्षेत्रको सर्वाधिक धनराशी पुरस्कार रहेको सुदूरपश्चिम खप्तड गोल्डकप फुटबल शुक्रबारदेखि धनगढीमा सुरु भएको छ । प्रतियोगिता धनगढी रंगशालामा हुन लागेको हो ।प्रतियोगिताका लागि आवश्यक सबै तयारी पूरा भएको आयोजकले जनाएको छ । दिउँसो १ बजे धनगढीको क्षेत्रीय रंगशालामा प्रधानमन्त्री पत्नी तथा कैलाली क्षेत्र नम्वर ५ बाट नेपाली कांग्रेको तर्फबाट प्रतिनिधि सभामा उम्मेदवार बनेकी डा.आरजु राणा देउवाले प्रतियोगिताको उद्घाटन गर्ने कार्यक्रम छ ।
उद्घाटन खेलमा आयोजक सुदुरपश्चिम ११ स्पोर्टस क्लव र काठमाडौंको ए डिभिजन क्लव च्यासल युथ क्लवबीच प्रतिस्पर्धा हुनेछ । दुबै टोलीमा विदेशी खेलाडीहरुको साथमा राष्ट्रिय खेलाडीहरुको बाहुल्यता रहेको छ । माघ १ गतेसम्म चल्ने हुने दोस्रो संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रित नेपाल आईस सुदुरपश्चिम खप्तड गोल्डकपको सबै तयारी सकिएको आयोजक सुदुरपश्चिम ११ स्पोर्टस क्लवका अध्यक्ष सुरेश हमालले जानकारी दिए ।
झण्डै ३ हजार ५ सय दर्शक क्षमताका दुईवटा प्याराफिट रहेको रंगशालामा पहिलो पटक अस्थायी प्याराफिट निर्माण गरिएको छ । प्रतियोगितामा नेपालका चर्चित फुटबल क्लब मनाङ मर्स्याङ्दी, संकटा, त्रिभुवन आर्मी, झापा ११, साहारा क्लब पोखरा, अग्नी रुपन्देही ११, सुदूरपश्चिम ११, धरान फुटबल क्लब, एपिएफ क्लब, काठमाडौं, डुक स्टार क्लब भुटान, च्यासल युथ क्लब, र थ्री स्टर क्लब गरी १२ वटा एडिभिजन क्लबले सहभागिता जनाउने भएका छन् ।
प्रतियोगिताको दोस्रो संस्करणका बिजेतालाई ११ लाख ११ हजार १११, उप बिजेतालाई पाँच लाख ५५ हजार ५५५ ट्रफी मेडल सहितको पुरस्कार प्रदान गरिने छ । यस्तै विभिन्न विधाका उत्कृष्टहरुलाई १५–१५ हजारका दरले र खेल अवधिभरको उत्कृष्ट एक जना खेलाडीलाई मोटरसाईकल पुरस्कार प्रदान गरिने प्रतियोगिताका प्रवक्ता ओम चन्दले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed