![]()
बुटवल,३१ जेठ ।
रुपन्देहीको बुटवल उपमहानगरपालिकामा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रबिच चुनावी तालमेल भएको छ । जस अनुसार मेयरमा कांग्रेसका खेलराज पाण्डे र उपमेयरमा माओवादी केन्द्रका जगत पोखरेललाई उम्मेदवार बनाइएको छ । यसैगरी देवदह नगरपालिकामा पनि दुई पक्षबिच तालमेल भएको छ ।
देवदहमा कांग्रेसबाट हिराबहादुर खत्री मेयरको उम्मेदवार बन्नुभएको छ । उपमेयरमा माओवादीकी टीका न्यौपाने उम्मेदवार हुनुभएको छ । तिलोत्तमा नगरपालिकामा भने कांग्रेसले राष्टिय जनमुक्ति पार्टीसँग संयुक्त रुपमा चुनाव लड्दै छ । तिलोत्तमामा कांग्रेसका रामकृष्ण खाँड मेयर र जनमुक्तिकी गीता सारु उपमेयरको उम्मेदवार बनेका छन् ।
बैशाख ३१ गते सम्पन्न पहिलो चरणको स्थानीय तह निर्वाचनमा पनि कांग्रेस र माओवादी बीच काठमाडौ महानगरपालिका,पोखरा महानगरपालिका,भरतपुर महानगरपालिका,हेटौडा उपमहानगरपालिका लगायतका स्थानमा तालमेल भउको थियो ।


