Breaking News.... EverestOnlineKhabar
April 18, 2026

इरानको संसद भवनभित्र आक्रमण गर्ने इरानी नै रहेको खुलासा

Loading

एजेन्सी,२५ जेठ ।
इरानको राजधानी तेहेरानस्थित संसद भवनभित्र आक्रमण गर्ने इरानी नै रहेको अधिकारीहरुले जनाएका छन् । संसद र सर्वोच्च नेता आयतोल्लाह खोमेनीको समाधीस्थलमा बन्दुकधारीको श्रृखलाबद्ध आक्रमणमा परी १२ जना मारिएका थिए ।
घटनामा घाईतेको संख्या पनि धेरै रहेको जनाइएको छ । समाधिस्थलमा आक्रमण गर्ने आत्मघाती सुरक्षा कारवाहीमा मारिएका छन् । दुई जना आक्रमणकारीलाई सुरक्षाकर्मीले पक्राउ गरेका छन् । आईएसले इरानमा गरेको यो पहिलो आक्रमण हो ।
यसअघि आईएसले इरानका अल्पसंख्यक सुन्नी मुसलमानलाई इरानी सरकारविरुद्ध विद्रोह गर्न उक्साएको थियो । अमेरिका र साउदी अरबले घटनाको भत्र्सना गरेका छन् । संसारभरमा शिया र सुन्नी मुसलमानबीचको मनमुटावका कारण यो घटना भएको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed