![]()
काठमाडौ,२५ जेठ ।
प्रधानमन्त्री शेरबहादुर देउवाले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग समसामयिक राजनीतिक एवं सरकार सन्चालनका विषयमा छलफल गरेका छन् । अध्यक्ष दाहाल निवास लाजिम्पाटमा बुधबार साँझ प्रधानमन्त्री देउवाले सरकार सन्चालनका विषयमा कुराकानी गरेको दाहाल स्रोतले जनाएको छ ।
देउवाले प्रधानमन्त्रीको पद सम्हालेपछिको प्रमुख सत्तासाझेदार पार्टी माओवादी केन्द्रका अध्यक्षसँगको भेटवार्तामा आपसी सहमति र सहकार्यका आधारमा अघि बढ्ने विषयमा छलफल गरेका थिए ।


