![]()
रुकुम,२५ जेठ ।
स्थानीय तहमा चुनिएका माओवादी नेताले रुकुममा जनसत्ताका जग्गा पास (लिखत) लाई वैधानिक बनाउन कसरत सुरु गरेका छन् । कानूनले तत्कालीन जनसत्ताको लिखतलाई मान्यता नदिने भने पनि स्थानीय तहमा निर्वाचित माओवादी जनप्रतिनिधिले लिखत पासलाई मान्यता दिलाउन लगत संकलन सुरु गरेका हुन् ।
हाललाई रुकुमका बाँफीकोट र सानीभेरी गाउँपालिकाबाट यो काम सुरु गरेको भए पनि यसलाई जिल्लाव्यापी रुपमै महत्त्वका साथ अघि बढाइने माओवादी केन्द्रले जनाएको छ । बाँफीकोट र सानीभेरी गाउँपालिकाका नवनिर्वाचित जनप्रतिनिधिले पहिलो बैठकबाटै जनसत्ताका लिखत व्युँताउने निर्णय गरेको छ ।


