![]()
चितवन,२३ जेठ ।
तत्कालिन नेकपा माओवादीले चितवनको बाँदरमुढेमा यात्रुवाहक बसमा बम विस्फोट गराई ३८ जना सर्वसाधारणको हत्या गरेको दुःखद् घटनाको आज १२ वर्ष पुरा भएको छ । सशस्त्र हिंसाका बेला माओवादीले थापेको विद्युतीय धरापमा परी । २०६२ साल जेठ २३ गते ३८ जना सर्वसाधारणले ज्यान गुमाएका थिए भने ७५ जना घाइते भएका थिए ।
उक्त दिनलाई कालो दिनका रुपमा सम्झेर घटनामा मृत्यु हुनेहरुको सम्झनामा बाँदरमुढेमा वर्षेनी विशेष कार्यक्रमको आयोजना गर्ने गरिएको छ । १ सय ५० जना यात्रु बोकेर माडीको बगईबाट नारायणगढतर्फ जादैं गरेको ना १ ख ३२४५ नम्बरको यात्रुबस विस्फोटमा परेको थियो ।
घटना भएको १२ बर्ष पुग्दा पनि घटनाका पीडितहरुले भने उचित राहत पाउन सकेका छैनन् । घटनामा घाईते भएका मध्ये एक जनाले आत्महत्या समेत गरिसकेका छन् भने तीन जनाको उपचार नपाएर मृत्यु भएको छ ।


