Breaking News.... EverestOnlineKhabar
April 11, 2026

अमेरिकी राष्ट्रपति ट्रम्पका दुईजना पूर्व सल्लाहकारलाई बयानका लागि बोलायो

Loading

एजेन्सी,१८ जेठ ।
अमेरिकी संसदको छानबिन समितिले राष्ट्रपति डोनाल्ड ट्रम्पका दुई जना पूर्व सल्लाहकारलाई बयानका लागि बोलाएको छ । अघिल्लो वर्ष भएको अमेरिकी राष्ट्रपति चुनावमा रुसको संलग्नताबारे छानबिन गरिरहेको समितिले ट्रम्पका पूर्व सुरक्षा सल्लाहकार माईकल फ्लीन र वकिल माईक्ल कोहेनलाई बयानका लागि बोलाएको हो ।
अमेरिकी राष्ट्रपति ट्रम्पले एक पछि अर्को गर्दै आफ्ना योजनाहरु कार्यान्वयनको प्रयास गरिरहँदा चुनावमा सम्भावित रुसी संलग्नताबारेको छानबिन पनि समानान्तर रुपले बढिरहेको छ । ट्रम्पलाई जिताउन रुसले हरसम्भव सहयोग गरेको र यो क्रममा ट्रम्पले पनि अमेरिकी गोप्य सूचना रुससँग चुहाएको अभियोग लगाइएको छ । चुनावमा रुसी संलग्नताबारे अमेरिकामा अहिले झन्डै आधा दर्जन निकायले छानबिन गरिरहेका छन् ।
ट्रम्पका ज्वाई जारेद कुश्नर र अन्य चार जना सल्लाहकारमाथि संघीय जाँच ब्यूरो एफबीआईले अनुसन्धान गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed