Breaking News.... EverestOnlineKhabar
July 16, 2026

एलइडी बल्ब खरिद गर्न बाटो खुल्यो…..

Loading

काठमाडौ,१८ जेठ ।
भारतबाट दुई करोड थान एलइडी बल्ब खरिद गर्ने प्रक्रिया नरोकिने भएको छ। सर्वोच्च अदालतले खरिद प्रक्रिया रोक्न आदेश नदिएपछि प्रक्रिया अघि बढाउन बाटो खुलेको हो। नेपाल विद्युत् प्राधिकरणले एलइडी बल्ब खरिद प्रक्रिया अघि बढाएपछि त्यसलाई रोक्न आदेश जारीको माग राखेर सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गराइएको थियो। उक्त रिट निवेदनमा बुधबार सुनुवाइ गर्दै सर्वोच्च अदालतले विपक्षीको माग दाबीअनुसार अन्तरिम आदेश जारी नगरेपछि प्राधिकरणलाई एलइडी बल्ब खरिद प्रक्रिया अघि बढाउन बाटो खुलेको हो।
सर्वोच्च अदालतका न्यायाधीश दीपकराज जोशी र मीरा खड्काको संयुक्त इजलासद्वारा एलइडी बल्ब खरिद प्रक्रिया रोक्न अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ । सर्वोच्च अदालतका न्यायाधीश दीपकराज जोशी र मीरा खड्काको संयुक्त इजलासले एलइडी बल्ब खरिद प्रक्रिया रोक्न अन्तरिम आदेश दिनुनपर्ने ठहर गरेको हो। ‘तत्काल उक्त खरिद प्रक्रिया रोक्न जरुरी देखिएन, सम्झौता गरी खरिद गरेर ल्याउन कुनै बाधा छैन ’ संयुक्त इजलासको ठहर छ।
प्राधिकरणले भारत सरकारको स्वामित्वको इनर्जी इफिसियन्सी सर्भिस लिमिटेड (इइएसएल) बाट बिनाप्रतिस्पर्धा एलइडी बल्ब खरिद प्रक्रिया अगाडि बढाएको भन्दै त्यसलाई रोक्न अधिवक्ता नारायणप्रसाद चौलागाईंले उत्प्रेषण आदेश जारी गर्न माग राखेर रिट दर्ता गराएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed