Breaking News.... EverestOnlineKhabar
May 1, 2026

बेलायतको म्यानचेस्टर शहरमा बम आक्रमण, कम्तिमा १९ को मृत्यु

Loading

एजेन्सी,९ जेठ ।
बेलायतको म्यानचेस्टर शहरस्थित एक एरिनामा आत्मघाती बम आक्रमणमा परी कम्तिमा १९ जनाले ज्यान गुमाएका छन्। म्यानचेस्टर प्रहरीले यसको पुष्टी गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन्। आक्रमणमा कम्तिमा ५० जना मानिस गम्भीर घाइते भएका अनुमान छ। प्रहरीले यो घटनालाई चरमपन्थी हमला भनेको छ ।
प्रत्यक्षदर्शीका अनुसार म्यानचेस्टर एरेनामा चलिरहेको गायिका एरियाना ग्र्यान्डेको कन्सर्टपछि विस्फोटको कडा आवाज सुनिएको थियो। बम आक्रमणपछि नेट्वर्क रेलका अनुसार कन्सर्टस्थल नजिकस्थित म्यानचेस्टर भिक्टोरिया स्टेशन आवागमन रोकिएको छ। ग्रेटर म्यानचेस्टर पुलिसले मानिसहरूलार्इ घटनास्थलबाट टाढै रहन अपिल गरेको छ।
विस्फोटपछि एरिनालार्इ पुरै खाली गराइएको छ।
प्रत्यक्षदर्शीका अनुसार दुर्इ वटा शक्तिशाली विस्फोट भएको थियो। समाचार अनुसार यो विस्फोट एरिनाको टिकट काट्ने ठाउँको ढोकामा भएको हो । विस्फोटको कारण अहिलेसम्म खुलेको छैन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed