Breaking News.... EverestOnlineKhabar
February 7, 2026

सभापति देउवामाथी पौडेल पक्षको यस्तो आरोप……

Loading

काठमाडौ,९ जेठ ।
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले पार्टी सभापति शेरबहादुर देउवाको गलत कार्यशैली र व्यक्तिगत स्वार्थ कै कारण पार्टी दोस्रो स्थानमा पुगेको निष्कर्ष निकालेको छ।
पौडेल समूहको सोमबार अनामनगरमा बसेको बैठकले सहरी क्षेत्रमा कांग्रेस पराजित हुनुमा पछिल्ला राजनीतिक घटनाक्रमलाई प्रमुख कारण मानिएको छ । बैठकमा सहभागी एक नेताका अनुसार राजदूत, महानिरीक्षक नियुक्ति र प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्धको महाभियोग प्रस्ताव दर्ता गर्ने लगायतका विवादास्पद निर्णयले पार्टी कमजोर भएको निष्कर्ष निकालिएको छ।
बैठकमा पौडेलले परम्परावादी मतदाताकै कारण कांग्रेसले ग्रामीण इलाकामा चुनाव जिते पनि सचेत मतदाता रहेको सहरी इलाकामा पार्टी हार्नुका पछि नेतृत्वको गलत कार्यशैली नै मुख्य जिम्मेवार रहेको बताएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.