Breaking News.... EverestOnlineKhabar
February 9, 2026

सिरियाको शरणार्थी शिविरमा आईएसको आक्रमणः३० को मृत्यु

Loading

एजेन्सी,२० बैशाख ।
इराकसँग सिमा जोडिएको सिरियाको शद्धादी नगर नजिकको शरणार्थी शिविरमा इस्लामिक अतिवादी समुह आईएसका लडाकुले आक्रमण गर्दा ३० भन्दा बढीको मृत्यु भएको छ । मारिनेमा सर्वसाधारण र कुर्द लडाकु रहेको बताइएको छ । सिरियाली र इराकी शरणार्थीको अस्थायी शिविरमा कम्तिमा ५ जना आत्मघातीले आक्रमण गरेका थिए ।
बम आक्रमण र त्यसपछिको भिडन्तमा ३४ भन्दा बढी घाईते भएका छन् । घाइते कयौंको अवस्था गम्भीर छ । आक्रमणपछि नजिकैको चेकपोष्टमा रहेका सिरियन डेमाक्रेटिक फोर्सका सेनासँग लडाकुको भीडन्त भएको थियो । लडाकुहरुले आक्रमणपछि थुप्रैलाई अपहरणसमेत गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.