Breaking News.... EverestOnlineKhabar
April 27, 2026

प्रियंकाले पिताको लागि बनाएको फिल्म भेन्टिलेटरलाई तीन राष्ट्रिय अवार्ड

Loading

मुम्बई । बलिउड देखि हलिउडसम्म आफ्नो छाप छोड्न सफल नायिका प्रियंका चोपडाले निर्माण गरेको फिल्म ‘भेन्टिलेटर’को लागि तीन विधामा राष्ट्रिय अवार्ड मिल्ने भएको छ।

प्रियंकाको प्रोडक्शन हाउस पर्पल पेवल पिक्चर्सले निर्माण गरेको पहिलो मराठी भाषाको फिल्म ‘भेन्टिलेटर’ आफ्नो दिवंगत पिता लेफ्टिनेन्ट अशोक चोपडाको लागि बनाएको उनले बताएकी छिन् ।

उनले ट्विटर मार्फत भनेकी छिन् – ‘मैले जति पनि फिल्ममा अभिनय गरेकी छु या जति पनि फिल्म निर्माण गरेकी छु त्यो अवार्ड पाउनको लागि होइन । यद्यपी यस्तो अवार्डले प्रोत्साहन भने गर्छ ।’

फिल्म भेन्टिलेटरलाई अन्य भाषामा समेत बनाउन प्रियंका लागिपरेकी छिन् । नेशनल अवार्डको लायक फिल्म निर्माण हुनुमा सम्पूर्ण टिमको महत्वपूर्ण भुमिका रहेको प्रियंकाले बताएकी छिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed