Breaking News.... EverestOnlineKhabar
February 9, 2026

Loading

एक जना महत्वपूर्ण विपक्षी नेता एनरिके क्याप्रिलेसलाई राजनीतिबाट १५ वर्षका लागि प्रतिबन्ध लगाइएपछि भेनेजुएलामा सरकार विरोधी प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ।
राजधानी काराकासमा सुरक्षा निकायले प्रदर्शनकारीलाई अघि बढ्नबाट रोकेपछि हिंसात्मक झडप भएको थियो।
प्रदर्शनकारीहरुले प्रहरीलाई ताकेर ढुँगा र पेट्रोल बम प्रहार गरेका थिए भने त्यसको जवाफमा प्रहरीले अश्रु ग्याँस हानेका थिए।
शनिबारको प्रदर्शनले सर्वोच्च अदालतले संसदको अधिकार कटौती गर्ने प्रयास गरेपछि एक हप्ताअघि देखि भेनेजुएलामा कायम अनिश्चितातालाई थप गहिरो बनाएको छ।

प्रतिबन्ध

यो भेनेजुएलामा एक हप्तामा चौथो पटक भएको ठूलो प्रदर्शन थियो।
एनरिके क्याप्रिलेसलाई राजनीतिबाट प्रतिबन्ध लगाउने निर्णय गरिएपछि विपक्षीहरु सडकमा केन्द्रित भइरहेका छन्।
एक जना प्रदर्शनकारीले भनिन्, “यहाँ भेनेजुएलामा निरकुंशतन्त्र छ जून हट्नैपर्छ, सडकमा आएका मानिसहरुले चुनावको माग गरिरहेका छन् त्यही भएर म पनि यहाँ आएकी हुँ। भेनेजुएलामा हामी बाँच्न संघर्ष गरिरहेका छौँ यहाँ खानेकुरा, औषधि, सुरक्षा केही पनि छैन।”
विपक्षी नेता क्याप्रिलेसले अश्रु ग्याँस हानिएको कारण आफ्नो पार्टी मुख्यालयमा आगो लागेको बताए।

अदालत

प्रदर्शनकारीहरुले अर्को वर्ष हुने चुनावमा राष्ट्रपति निकोलास मडुरोलाई पराजित गर्न सक्ने सम्भावित उम्मेदवारका रुपमा क्याप्रिलेसलाई लिने गरेका छन्।
पछिल्लो प्रतिबन्धलाई प्रजातान्त्रिक परिवर्तन रोक्ने योजनाबद्ध सरकारी कदमका रुपमा विपक्षीहरुले व्याख्या गरिरहेका छन्।
एक हप्ताअघि भेनेजुएलाको सर्वोच्च अदालतले संसदको अधिकार कटौती गर्ने निर्णय गरेपछि प्रदर्शनहरु शुरु भएको थियो।
त्यसलगत्तै आफ्नो निर्णयबाट अदालत पछि हटेपनि उक्त कदमले सन् २०१४ यता पहिलो पटक अलि दिगो जस्तो देखिने सरकार विरोधी प्रदर्शन अघि बढिरहेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.