Breaking News.... EverestOnlineKhabar
April 12, 2026

उपचाररत अभिनेता विनोद खन्नालाई श्रद्धाञ्जली

Loading

काठमाडौँ । बलिउडका अभिनेता विनोद खन्नाको मृत्युको अफवाह फैलिएपछि भारतीय जनता पार्टीले २ मिनेटको मौन धारण गरेको छ। केही दिनदेखि विनोद खन्ना अस्पतालमा उपचारत छन्। तर भारतीय मिडियाभर उनको मृत्युको खबर भाईरल बनेको छ।

यहि समाचारका आधारमा भारतीय जनता पार्टी मेघालयका नेताले २ मिनेटको श्रदाञ्जली पनि दिएका हुन्। बीजेपीका महासचिव डेविड खारस्तीले खण्डन गर्दै भनेका छन – ‘हामीले गलत समाचारका आधारमा श्रदाञ्जली दियौँ अब यो फिर्ता दिन चाहन्छौँ।, उहाँको आयु धेरै लामो होस् भन्ने कामना गर्दछौँ।’

गत आईतबार शरीरमा पानीको कमी भएको भन्दै अभिनेता विनोद खन्नालाई अस्पताल भर्न गरिएको थियो। त्यसकै केही समयपछि उनलाई ब्लड क्यान्सर भएर मृत्यु भएको भन्ने समाचार भाईरल भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed