Breaking News.... EverestOnlineKhabar
April 29, 2026

सभापति देउवासंग माग्यो सर्वोच्च अदालतले लिखित जवाफ

Loading

काठमाडौ,२५ चैत ।
अदालतको मानहानी मुद्दामा सर्वोच्च अदालतले कांग्रेस सभापति शेरबहादुर देउवासँग लिखित जवाफ माग गरेको छ । सर्वोच्चका न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासले बिहिबार कारण देखाउ आदेश जारी गर्दै १० दिनभित्र लिखित जवाफ लिएर अदालतमा हाजिर हुन देउवालाई आदेश दिएको हो ।
अधिवक्ता हरिप्रसाद मैनालीले कांग्रेस सभापति देउवालाई विपक्षी बनाएर आइतबार सर्वोच्चमा रिट दायर गरेका थिए । कांग्रेस बैठकले अदालतको फैसलालाई कार्यपालिकाको अधिकार क्षेत्रमा हस्तक्षेप गरेको निर्णय गरेपछि सर्वोच्चमा अवहेलना मुद्दा दायर भएको हो ।
कांग्रेसको सो निर्णयले सर्वोच्च अदालतको फैसलामाथि प्रश्नचिह्न उठाएकाले अवहेलना मुद्दा दायर गरिएको निवेदकको तर्क थियो ।
नेपाल प्रहरीको महानिरीक्षकमा वरिष्ठता, योग्यता र कार्यसम्पादनको आधारमा नियुक्ति नभएको भन्दै अधिवक्ता कपिलदेव ढकालले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।
सो रिटमा ८ चैतमा प्रधानन्यायाधीश सुशीला कार्कीसहित पाँचजनाको पूर्ण इजलासले सरकारको जयबहादुर चन्दलाई महानिरीक्षक बनाउने निर्णय खारेज गर्दै प्रहरी नियमावली ४१ बमोजिम गर्नु भनी परमादेश जारी गरेको थियो ।
अदालतको सो निर्णयपछि कांग्रेस केन्द्रीय समिति बैठकले सर्वोच्च अदालतले आफ्नो कार्यक्षेत्रभन्दा बाहिर गएर हस्तक्षेप गरेको ठहर गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed