Breaking News.... EverestOnlineKhabar
April 29, 2026

नेपाली संस्थद्वारा अमेरिकामा एकैदिन ६ राज्यमा रक्तदान

Loading

अमेरिकाको दक्षिणपूर्वी राज्यहरुमा रहेका नेपालीहरुको छाता संगठन नेप्लिज एसोसियसन ईन साउथ ईष्ट अमेरिका (नासा) ले एकै दिन अमेरिकाभर ६ स्थानमा रक्तदान सम्पन्न गरेको छ।

नासाको संयोजनमा नर्थक्यारोलिनाको हाई प्वाईन्ट, साउथ क्यारोलिनाको मौल्डीन, नेटेसीको यसनिभर्सिटी अफ टेनेसी, जर्जियाको मोरियटा, फ्लोरिडाको रिभर व्रीज सेन्टर र अलवामा गरी ६ स्थानमा रक्तदान सम्पन्न गरिएको हो।

नासाले स्थानीय रुपमा सक्रिय संस्थालाई संयोजन गरी एकै पटकमा यतिधेरै स्थानमा रक्तदान गर्न सम्भव भएको बताइएको छ। ब्लड डोनर्स अमेरिकाको सहयोगमा सम्पन्न रक्तदानका लागि स्थानीय रुपमा सक्रिय विभिन्न संघ सस्थाहरुले उत्साहका साथ सहयोग गरेको महासचिव विष्टले बताए।

यो कार्यक्रमको आयोजना नासाको स्वास्थ तथा सामाजिक सेवा समितिका सदस्य तथा बोर्ड डाईरेक्टर एवं साउथ क्यारोलिना नेपलिज एसोसियसनका अध्यक्ष सतिस गुप्ताको सक्रियतामा भएको हो । यस्ता सामाजिक कामले नेपाली समुदायलाई अमेरिकामा स्थापित हुन पनि सहयोग पुग्ने छ भने नेपालीहरुलाई आवश्यकता पर्दा व्यवस्थापन गर्न सजिलो हुनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed