![]()
नेपालको राजधानी काठमाडौं, दक्षिण एसियाको तेस्रो महँगो शहर भएको छ। एकोनोमिस्त ग्रूपको अनुसन्धान र बिश्लेषण टोलीले गरेको अध्ययन सार्वजनिक पारे पछी यो निचोड आएको हो। काठमाडौंको महँगाइ नयाँ दिल्ली, ब्याङलोर, कराँची र मुम्बईभन्दा धेरै छ।
यो रिपोर्ट अनुसार काठमाडौं विश्वको महँगो शहरको सुचिमा ११६ स्थानमा आउछ। उक्त सुचिमा पर्ने दक्षिण एसियाली शहरहरु बाङ्लादेशको राजधानी ढाका (६२) र श्रीलन्काको राजधानी कोलोम्बो (१०२) काठमाडौंभन्दा माथि छ्न्।
उक्त रिपोर्ट अनुसार संसारका आधाभन्दा बढी महँगा शहर एसियामा छ्न्। सिङापुर र हङकङ संसारका सबैभन्दा महँगो शहरको सुचिमा पहिलो र दोस्रो स्थान ओगट्न सफल भएका छ्न्।


