Breaking News.... EverestOnlineKhabar
April 19, 2026

रोनाल्डोले यसरी पूरा गरे १० वर्षे बालिकाको सपना…..

Loading

एजेन्सी,९ असार ।
पोर्चुगलका कप्तान क्रिष्टियानो रोनाल्डोको बालबालिकाप्रतिको आफ्नो लगाव उच्च छ । रोनाल्डो अहिले फिफा कनफेडेरेशन कप फुटबलका लागि रुसमा छन् । रोनाल्डोको गोलको मद्दतमा बुधबार राति भएको खेलमा पोर्चुगलले रुसलाई १–० ले हरायो । यो खेलमा रोनाल्डो मैदानमा ह्वीलचियरमा रहेकी १० वर्षकी बालिकासँग छिरेका थिए ।
रोनाल्डोकी फ्यान पोलिना हाइरेडिनोभाको सपना त्यसबेला पूरा भयो, जब मैदानबाट छुट्टिने बेलामा रोनाल्डोले उनलाई चुम्बन गरे । पोलिनालाई अंगालो मारेर चुम्बन गरेपछि रोनाल्डोले आफूले प्रशिक्षणको क्रममा लगाएको जर्सी पनि दिए । त्यसपछि पोलिनाले रोनाल्डो निकै राम्रो रहेको र आफू उनको मायाबाट खुशी रहेको बताइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed