![]()
भरतपुर,३ असार ।
भरतपुर महानगरपालिका वडा नं.१९ मा मतगणनाका क्रममा मतपत्र च्यातिएपछि दिईएको उजुरीको मुद्धा सर्वोच्च अदालतमा विचाराधिन छ । तर,माओवादी केन्द्र,कांग्रेस र एमाले वडा नं.१९ मा पुनःमतदान हुनसक्ने भन्दै चुनावी रणनीतिमा लागेका छन् । अदालतले जे पनि निर्णय गर्नसक्ने भन्दै एमाले र माओवादी–कांग्रेस गठबन्धनका उम्मदेवारहरु फेरि भरतपुर–१९ का मतदातासँग भोट माग्नतिर केन्द्रित बनेका हुन् । पुनःमतदानको विरोध गर्दै आएको नेकपा एमाले पनि सर्वोच्च अदालतमा विचाराधीन मुद्दालाई ध्यानमा राख्दै १९ नम्बर वडाका मतदाताहरुमा केन्द्रित भएको छ । कांग्रेस र माओवादी नेताहरु पनि १९ नम्बर वडामै केन्द्रित हुन थालेका छन् ।
एमालेका तर्फवाट मेयरका उम्मेद्वार देवी ज्ञवालीले भनेः‘ १९ नम्बर, जुन वडामा घटना घटेको हो, त्यही वडामा हामीले अहिले भेटघाटका कार्यक्रमहरु राखिराखेका छौं,पुनःमतदानको तयारीका लागि ।’ एमालेले भरतपुरको १९ नम्बर वडामा पुनःमतगणना हुनुपर्ने बताउँदै आएको छ । तर, सर्वोच्च अदालतले पुनःमतदानमा जाने आदेश दिने हो कि भन्ने चिन्ता एमालेलाई छ । त्यसैले एमालेले आवश्यक परे पुनःमतदानलाई सामना गर्ने रणनीति बनाएको हो ।
भरतपुर नगरपालिका नेपाली कांग्रेस–माओवादी केन्द्रका तर्फवाट उपमेयरकी प्रत्यासी पार्वती शाहले पुनःमतगणना गर्दा जित्ने सम्भावना प्रवल रहे पनि पुनःमतदानमा जाँदा मेयरका एमाले उम्मेवार देवी ज्ञवालीले चुनाव जित्ने वा नजित्ने अझै पनि धूकचूक मान्नुपर्ने अवस्था रहेको बताईन् । तर, कांग्रेस नेतृ एवं उपमेयरकी उमेद्वार पार्वती थापाको भने जीत लगभग पक्कापक्कै जस्तै भइसकेको छ ।
यसरी उपमेयर बन्ने स्थिति पक्का हुँदाहुँदै पनि पावर्ती अहिले १९ नम्बर वडामा पुनः मत माग्दै हिँडिरहेकी छिन् । पार्वतीले भनिन्ः‘नियम अनुसार, विधिविधान अनुसार त पक्कै पनि अब चुनाव प्रचार गर्नुपर्ने नै होला । त्यसैले हामी पुनः मतदानका लागि तयारी गरिरहेका छौं । हामीले १९ नम्बर वडाका मतदातासँग भेटघाट गरिराखेका छौं ।’ आफूहरुले अदालतको निर्णयलाई कुरिराखेको शाहले बताईन् । कांग्रेस–माओवादी गठबन्धनबाट मेयरकी दाबेदार रेणु दाहाल पनि आफूहरुसँग १९ नम्बर वडाका मतदातासँग भेटघाटमा सक्रिय रहेको शाहले बताईन् ।


