Breaking News.... EverestOnlineKhabar
April 20, 2026

लन्डनस्थित २४ तले टावरमा भएको आगलागीबारे छानविन गर्न आदेश

Loading

एजेन्सी,२ असार ।
बेलायतकी प्रधानमन्त्री टेरेजा मे ले पश्चिम लण्डनको २४ तले एक भवनमा भएको आगलागीबारे छानविन गर्न आदेश दिएकी छन् । घटनालाई दुःखद भन्दै प्रधानमन्त्री मेले यसबारे अनुसन्धान हुनुपर्ने बताइन् । दुर्घटनास्थलको भ्रमण गर्दै प्रधानमन्त्री मेले यसबारे बृहत र सार्वजनिक रुपमा अनुसन्धान गर्न आदेश दिएकी हुन् ।
लण्डनको पश्चिमी क्षेत्र लाटिमर रोडमा रहेको २४ तले टावरमा आगलागी हुँदा १७ जनाको ज्यान गएको पुष्टि भएको छ । अग्नि नियन्त्रकले ६५ जनाको उद्धार गरेका छन् । आगलागीको कारण अझै थाहा भएको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed