Breaking News.... EverestOnlineKhabar
April 20, 2026

चीनको विद्यालयमा आक्रमण ७ जनाको मृत्यु, ६६ घाइते

Loading

एजेन्सी,२ असार ।
पूर्वी चीनमा रहेको एउटा पूर्व–प्राथमिक विद्यालयमा बिहीवार विष्फोट हुँदा कम्तिमा सात जनाको मृत्यु भएको छ भने ६६ जना घाइते भएका स्थानीय प्रशासनले जनाएको छ । जियांसु प्रान्तका फेंसियन प्रदेशको प्रशासनले बिस्फोट नर्सरीका बालबालिका अध्ययन गरिरहेको कक्षाकोठा नजिकै स्थानीय समयअनुसार दिउसो ४ः५० बजे भएको प्रारम्भिक सूचना प्राप्त भएको जनाएको छ ।
चीनको केन्द्रिय टेलिभिजनले दुई जनाको घटनास्थलमा र अन्य पाँच जनाका अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जनाएको छ । अस्पताल स्रोतले दिएको जानकारीअनुसार घाइतेमध्ये साँझ ७ः४५ बजेसम्म नौ जनाको अवस्था गम्भीर रहेको छ ।
घटनामा कतिजना बालबालिका परेका थिए भन्ने बिषयमा केही खुल्न सकेको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed