Breaking News.... EverestOnlineKhabar
April 20, 2026

टिकट खोसिएपछि उम्मेदवारले गरे आत्महत्या

Loading

त्रियुगा,२ असार ।
नेकपा माओवादी केन्द्रका पूर्व उम्मेद्वारले बिहीबार बिहान आत्महत्या गरेका छन्। नेकपा माओवादी केन्द्रबाट त्रियुगा नगरपालिका वडा नं १६ को खुल्ला वडा सदस्यमा उमेदवार बनेर खोसिएका ३५ बर्षीय टोपनारायण श्रेष्ठले आत्महत्या गरेका हुन्। श्रेष्ठ घर नजिक रहेको सरस्वती सामुदायिक वन क्षेत्रमा विहान झुण्डिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । श्रेष्ठलाई पार्टीले टिकट दिइसकेपछि वडामा वृहद कार्यक्रम आयोजना गरी उमेदावार सार्वजनिक गरिएको थियो।
उम्मेदवार भई भोट मागिरहेको अवस्थामा पार्टीले विना जानकारी टिकट खोसेर धौरीका राजकुमार तामाङलाई उमेदवार बनाएपछि श्रेष्ठ असन्तुष्ट रहेको पारिवारिक स्रोतले जनाएको छ। परिवार र स्थानीयले टिकट खोस्नु नै आत्महत्याको कारण भएको बताएपनि प्रहरीले भने कारण खुलाएको छैन।टिकटका बिषयमा नेकपा माओवादी केन्द्रका जिल्ला सहसंयोजक जीवन कार्कीले वडा कमिटीले खुल्ला सदस्यका लागि सिफारिस मात्र गरेको बताए। स्थानीयले भने जाल्पा चिलाउनेमा माओवादी केन्द्रले आयोजना गरेको कार्यक्रममा श्रेष्ठको नाम सार्वजानिक गरी मतदातालाई परिचय गराइएको थियो।
तामाङ समुदायको जनसंख्या निकै रहेको उक्त वडामा माओबादी केन्द्रबाट तामाङ समुदायको उमेदवार नपरेपछि उक्त समुदायबाट निकै दवाव सृजना भएको थियो। एमालेले सोही वडामा वडाध्यक्ष पदमा धौरीका उपेन्द्र तामाङलाई उमेदवार बनाएपछि माओवादी भित्र तामाङ समुदायको निकै ठूलो दवाव रहको माओबादी स्रोतले बताएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed