Breaking News.... EverestOnlineKhabar
April 20, 2026

विश्वकप फुटबल छनौटःपोर्चुगलको प्रभावशाली जित, रोनाल्डो बने नायक

Loading

एजेन्सी,२७ जेठ ।
विश्वकप २०१८ को छनौट अन्तर्गत शुक्रबार राति भएका खेलमा पोर्चुगल विजयी भएको छ । युरोपियन क्षेत्रको छनौट अन्तर्गत अवे मैदानमा भएको खेलमा समूह‘बी’ मा रहेको पोर्चुगलले लात्भियालाई ३–० ले हराएको हो । पोर्चुगलको जितमा कप्तान क्रिष्टियानो रोनाल्डोले दुई तथा भालेन्टे सिल्भाले एक गोल गरे । रोनाल्डोले ४१ औं मिनेटमा गोल गर्दै पोर्चुगललाई पहिलो हाफमा सुरुवाति अग्रता दिलाए । ६३ औं मिनेटमा रोनाल्डोले व्यक्तिगत दोस्रो गोल गरेपछि पोर्चुगलको अग्रता दोब्बर भयो । ६७ औं मिनेटमा सिल्भाले गोल गरेपछि पोर्चुगल ३–० ले विजयी भयो ।
रोनाल्डोले विश्वकप छनौट खेलमा अहिलेसम्म ११ गोल गरिसकेका छन् र उनी युरोपियन क्षेत्रमा सर्वाधिक गोलकर्ताको सूचिमा शीर्ष स्थानमा छन् । पोर्चुगलले छनौट चरणका पछिल्ला पाँच खेलमा जितेको छ । ६ खेलबाट १५ अंक जोडेको पोर्चुगल समूहको दोस्रो स्थानमा छ । राति नै भएको खेलमा फारोइ आइल्याण्डलाई २–० ले हराएको स्वीट्जरल्याण्ड १८ अंकसहित शीर्ष स्थानमा छ । समूह बी कै खेलमा एन्डोराले हंगेरीलाई १–० ले हरायो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed