Breaking News.... EverestOnlineKhabar
April 20, 2026

Loading

२०७६ फागुन २८, अर्घाखाँची । कपिलवस्तुमा एक पुरुषको हत्या भएको छ । जिल्लाको शिवराज नगरपालिकामा छोराको इँट्टा प्रहारबाट बावुको मृत्यु भएको हो । बावुको हत्या गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । बावु चन्द्रबहादुर जिसीको हत्या आरोपमा शिवराज नगरपालिका–९ तुरुन्तपुरका ३२ वर्षीय वसन्त जिसिलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको हो । घरायसी विवादका कारण छोराले इँट्टाले हानेपछि गम्भीर घाइते भएका चन्द्रबहादुरको चन्द्रदेव संजिवनी अस्पताल चन्द्रौटामा उपचारको क्रममा मृत्यु भएको हो । इलाका प्रहरी कार्यालय सुन्दरीडाँडाबाट खटिएको प्रहरीले बसन्तलाई पक्राउ गरेको हो । घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed