![]()
२०७६ फागुन २२, काठमाडौँ – सुनको मूल्य उकालो लाग्ने क्रम जारी छ । बिहीबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाला सुनको मूल्य तोलामा दुई सय रुपैयाँले बढेर ८० हजार सात सय रुपैयाँ कायम भएको छ । बुधबार छापावाला सुनको मूल्य तोलामा ८० हजार पाँच सय रुपैयाँ थियो । तेजाबी सुनको मूल्य तोलामा पनि दुई सय रुपैयाँले बढेर ८० हजार चार सय रुपैयाँ कायम भएको छ । बुधबार तेजाबी सुनको मूल्य तोलामा ८० हजार दुई सय रुपैयाँ थियो । यस्तै चाँदीको मूल्य स्थिर भइ तोलामा आठ सय ८० रुपैयाँमा कारोबार कायम भएको छ ।


