Breaking News.... EverestOnlineKhabar
April 20, 2026

Loading

२०७६ माघ २२, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले रौतहटको सरकारी जग्गा कब्जा गरेर महिला फुटबल एकेडेमी बनाएको भन्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ । अधिवक्ता सुजित केसीले एन्फा, वन तथा वातावरण मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय, वन विभाग, राष्ट्रिय खेलकुद परिषद, एन्फा रौतहट, एन्फा पदाधिकारी लगायतलाई विपक्षी बनाएर रिट दर्ता गरेका हुन । रौतहटको चन्द्रपुर नगरपालिका वडा नम्बर ६ मा महिला फुटबल एकेडेमीका लागि भवन निर्माण गर्दा प्रक्रिया नर्पुयाएको अधिवक्ता केसीको दाबी छ ।

उनले रिटमा भनेका छन्, ‘वन मन्त्रालयअन्तर्गतको जमिन राष्ट्रिय प्राथमिकताको आयोजनाका लागि हो भने मात्र मन्त्रिपरिषदको निर्णय बमोजिम भोगचलन अनुमती दिनुपर्ने हो ।’ हातेमालो सामुदायिक वन उपभोक्ता समूहको साढे तीन हेक्टर जग्गालाई कृत्रिम मिनि पिच बनाउन भनेर २५ वर्षका लागि लिएको तर त्यहाँ भवन निर्माण गरिएको रिटमा उल्लेख छ । भवन बनाउँदा वातावरणीय प्रभाव मूल्यांकन समेत नगरिएको केसीको भनाइ छ । एन्फाले भने खेल मैदानका लागि लिएको जमिनमा टेक्निकल सेन्टरको भवन बन्नुलाई गैरकानूनी भन्न नमिल्ने बताएको छ । भवन निर्माणका लागि विश्व फुटबल महासंघ (फिफा) बाट प्राप्त चार करोड रुपैयाँ विनियोजन गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed