Breaking News.... EverestOnlineKhabar
April 24, 2026

Loading

२०७६ माघ २१, काठमाडौं । प्रहरीले मोरङको विराटनगर–१७ स्थित रानीभन्सार गेट नजिकैबाट अवैध सुनसहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको विहार राज्य कटिहार ग्रामपञ्चायत वडा नं. २० बस्ने ६२ वर्षीय चन्दन भौमिक रहेका छन् । अवैध रूपमा भन्सार छलेर नेपालबाट भारततर्फ लाँदै गरेको ९२.५२० ग्रामको दुई वटा सुनको चुरासहित उनी पक्राउ परेको मोरङका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक मानबहादुर राईले बताए । उनलाई नियन्त्रणमा लिएर थप अनसुन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed