Breaking News.... EverestOnlineKhabar
April 20, 2026

Loading

२०७६ माघ १२, काभे्र । पनौती नगरपालिका–९ जाइडोलस्थित जागेश्वरी इँटा उद्योगको पोखरीमा डुबेर अपराह्न एक बालिकाको मत्यु भएको छ । उद्योगले शौचालय बनाउन खनेको खाडलमा जमेको पानीमा डुबेर स्थानीय सुमन तामाङको २२ महिनाकी छोरी कृष्टिनाको मृत्यु भएको प्रहरीले जनाएको छ । घरदेखि करीब ३०० मिटरको दूरीमा साथीसँग खेल्ने क्रममा नजिकै रहेको उद्योगको पोखरीमा लडेर डुब्दा कृष्टिनाको मृत्यु भएको इलाका प्रहरी कार्यालय बनेपाका इन्चार्ज प्रहरी निरीक्षक योगेन्द्र तिमल्सिनाले जानकारी दिए । उनका अनुसार शनिबार दिउँसो करीब पौने चार बजे पोखरीमा डुबेकी कृष्टिनालाई उनकी आमाले उपचारार्थ बनेपास्थित शिर मेमोरियल अस्पतालमा र्पुयाएलगत्तै मृत घोषणा गरिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed