Breaking News.... EverestOnlineKhabar
April 19, 2026

‘ए’ डिभिजन लिग ः मनाङ मर्स्याङ्दी र सरस्वती युथ क्लब भिड्दै

Loading

२०७६ माघ १०, काठमाडौं । शहिद स्मारक ‘ए’ डिभिजन लिगअन्तर्गत आज आठौं चरणका २ खेल हुँदैछन् । पहिलो खेलमा साविक विजेता मनाङ मर्स्याङ्दी क्लब र सरस्वती युथ क्लब बीच खेल हुनेछ । खेल मध्याह्न १२ बजे सुरु हुनेछ । दोस्रो खेलमा च्यासल युथ क्लब र ब्रिगेड ब्वाईज क्लबबीच प्रतिस्पर्धा हुँदैछ । खेल ३ बजे सुरु हुनेछ ।

दुवै खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने एन्फाले जनाएको छ । मनाङ ७ खेलमा ३ जित र ४ बराबरी खेल्दै १३ अंकसहित अंक तालिकाको चौथो स्थानमा छ । सरस्वती उति नै खेलबाट १ अंक जोड्दै पुछारमा छ र रेलिगेसनबाट बच्न संघर्षरत छ । यस्तै ब्रिगेड ८ अंकसहित नवौं स्थानमा रहेको छ भने ६ अंक जोडेको च्यासल १२ औं स्थानमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed