Breaking News.... EverestOnlineKhabar
April 19, 2026

ललित स्मृति यू १८ फुटबलः संकटाको विजय सुरुवात

Loading

काठमाडौ,१५ जेठ ।
सिएमजी संकटा क्लबले राजधानीमा जारी ललित स्मृति यू १८ फुटबल प्रतियोगितामा विजय सुरुवात गरेको छ । आइतबार भएको खेलमा मोरङ एफसीलाई २ – ० ले पराजित गर्दै १० खेलाडीमा सिमित संकटाले विजय सुरुवात गरेको हो ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा संकटालाई जित दिलाउन दुवै गोल प्रदिप बोगटीले गरे । जितसँगै समुह डी मा रहेको संकटाले ३ अंक जोडेको छ । र, संकटाले क्वाटरफाइनलमा पुग्ने सम्भावना कायम राखेको छ ।
खेलमा संकटाले १० औं मिनेटमा प्रदिपको गोलबाट अग्रता बनाएको थियो । तर, खेलको ४१ औं मिनेटमा कप्तान सक्कल रेग्मीले रातोकार्ड पाएपछि संकटा १० खेलाडीमा समेटियो । सक्कलले मोरङका विदुर रिजाललाई खराब ट्याकल गरेपछि रातोकार्ड पाउदै मैदानबाट बाहिरिएका थिए ।
पहिलो हाफमै संकटा १० खेलाडीमा समेटिएपनि मोरङले त्यसको फाइदा उठाउन सकेन । उल्टै मोरङले दोस्रो हाफमा थप एक गोल खान पुग्यो । मोरङको कमजोर डिफेन्सको फाइदा उठाउदै खेलको ६५ औं मिनेटमा प्रदिपले व्यक्तिगत दोस्रो गोल गरेपछि संकटाले महत्वपूर्ण जित निकाल्यो । मोरङको केहि उत्कृष्ट प्रहार संकटाका गोल रक्षक उज्ज्वल लिम्बुले बचाउ गरे ।
जितपछि संकटाका प्रशिक्षक सगुन तण्डुकारले खेलाडीमा जितको लागि लड्न सक्ने खुबी भएकोले जित निकाल्न सकेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed