Breaking News.... EverestOnlineKhabar
April 19, 2026

रोमाको जितसंगै टोट्टीको सुखद विदाई

Loading

एजेन्सी,१५ जेठ ।
इटालियन सिरी ए अन्तर्गत आइतबार राति भएको यो सिजनको अन्तिम खेलमा रोमा विजयी भएको छ । घरेलु मैदानमा भएको खेलमा रोमाले गिनोएलाई ३–२ ले हराएको हो । रोमाको जितमा डिजेको, डी रोसी र पेरोट्टीले गोल गरे । गिनोएका लागि पेल्लेग्री र लाजोविकले गोल गरे । जितपछि ८७ अंकसहित दोस्रो स्थानमा रहँदै रोमाले लिग टुंग्यायो ।
च्याम्पियन बनेको युभेन्टस भन्दा रोमा चार अंकले पछि पर्‍यो ।यसैबिच रोमाका फरवार्ड फ्रान्सिस्को टोट्टीले व्यावसायिक खेल जीवनको अन्तिम खेल खेलेका छन् । २५ वर्षदेखि रोमाबाट खेल्दै आएका टोट्टीको आइतबार रातिको खेल उनको व्यावसायिक खेल जीवनको अन्तिम खेल थियो । ४० वर्षका टोट्टीले रोमाबाट मात्रै खेल । उनले ७ सय ८६ खेलमा ३ सय सात गोल गरेका छन् ।

खेलको क्रममा रंगशालमा उपस्थित दर्शकले उनलाई स्टाण्डिङ अवेसन दिएका थिए । उनले खेलपछि आफ्ना सर्थकका लागि लेखेको चिठ्ठी पढेर सुनाए । उनले पत्रमा आफू डराएको र भविष्य कस्तो रहने छ भन्ने केही नदेखेको उल्लेख गरेका छन् । रोमाका कप्तान टिट्टो अन्तिम खेलमा निकै भावुक बने । उनी समर्थकलाई खेलेको चिठ्ठी पढ्दै गर्दा रोएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed